शुक्रबार २४० जना कोरोनामुक्त, निको १७ हजार नाघ्यो

शुक्रबार  २४० जना कोरोनामुक्त, निको १७ हजार नाघ्यो
शुक्रबार थप २४० जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।   यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ । कुल संक्रमितमध्ये ६६.८ प्रतिशतले कोरोना जितेका हुन् । संक्रमितको संख्या भने २५ हजार नाघेको छ । आज थप ५९४ जना नयाँ संक्रमित थपिएसँगै कोरोनाबाट संक्रमण हुनेको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । काेराेनाबाट मृत्यु हुनेकाे ...

जटिल अवस्थाका संक्रमितले उपचार नपाउने जोखिम

जटिल अवस्थाका संक्रमितले उपचार नपाउने जोखिम
काठमाडौं। कोभिड–१९ का जटिल बिरामी बढ्दै जाँदा पर्याप्त आईसीयू र भेन्टिलेटर तथा जनशक्ति व्यवस्था गर्न सरकारले ध्यान दिएको छैन । पछिल्लो समय सघन उपचार चाहिने संक्रमित देखिन थालेकाले चाँडै आईसीयू र भेन्टिलेटर अभाव हुन सक्ने देखिएको छ । अहिले भएका कतिपय आईसीयू र भेन्टिलेटर पनि पर्याप्त जनशक्ति नभएर पूर्ण रूपमा सञ्चालन हुन सक्ने अवस्थामा छैनन् । नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मद...

कोरोनाका कारण विराटनगरको कोशी अस्पतालमा थप एकको मृत्यु

कोरोनाका कारण विराटनगरको कोशी अस्पतालमा थप एकको मृत्यु
विराटनगर / विराटनगरको कोशी अस्पतालमा कोरोनाका कारण थप एक पुरुषको बिहीबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुष रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले आइसोलेसनमा उपचाररत उनको राति ८ बजे मृत्यु भएको बताए । ती पुरुषलाई उपचारका लागि मंगलबार उपचारका लागि विराटनगर ल्याइएर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट भने ...

आज थप ५२५ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ९५ पुघ्याे

आज थप ५२५ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ९५ पुघ्याे
आज  विहिबार थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा १२७ जनामा संक्रमण पुष्टि भएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको छ । योसँगै ...

विराटनगरमा लकडाउन भदौं ५ गतेसम्म

विराटनगरमा लकडाउन  भदौं ५ गतेसम्म
विराटनगर महानगरपालिकाले  कोरोना संक्रमितको संख्या बढेपछि  सात दिन लकडाउन थप गरेको हो । साउन  १६  बाट विराटनगर महानगरपालिकाले लगाएको लकडाउन शुक्रबार सकिदैछ । शुक्रबारबाट सात दिन थप गरी भदौं ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको विराटनगरका मेयर भीम पराजुलीले जानकारी दिए । लकडाउन अघि विराटनगर महानगरपालिकामा १०८ कोरोना संक्रमित भेटिएका थिए । लकडाउन यता थप ३०६ जना संक्रमित थपिएका छन् । बिहीबा...

आरती स्ट्रिप्सका दुईजना कोरोना संक्रमित फरार

आरती स्ट्रिप्सका दुईजना  कोरोना संक्रमित फरार
बुढीगंगा गाउँपालिकामा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि  मध्ये दुईजना फरार छन्    । केही दिनयता उद्योगमा काम गर्ने कर्मचारी र मजदुर गरी ३० जनामा संक्रमण पुष्टि भएको हो । वडा नम्बर–१ का अध्यक्ष युवराज पौडेलका अनुसार १५० भन्दा बढीको पीसीआर जाँच गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको हो । उद्योगमा कार्यरत विराटनगर ढाटमा डेरा गरी बस्ने दुईजना भारतीय नागरिक भागेका ह...

संक्रमितलाई छैन आइसोलेसन

संक्रमितलाई छैन आइसोलेसन
बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा छन्। संक्रमण परीक्षणको सिफारिस गर्ने हेटौंडा अस्पतालका चिकित्सकलाई नै संक्रमण पुष्टि भएको छ। उनीसँगै अन्य आठ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन्। ‘उहाँहरू स्वइच्छाले घरमा बस्नुभएको हो’, हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्ड प्रमुख भोलाप्रसाद चौलागाईंले भने, ‘घरमै रहे पनि उहाँहरू नियमित स्...

मोरङको बूढीगंगा गाउँपालिकाका कोरोना संक्रमित ५५ वर्षीय पुरुषको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिकाका कोरोना संक्रमित ५५ वर्षीय पुरुषको मृत्यु
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको बुढीगंगा घर भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका –२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो । श्वासप्रश्वास र उच्च ज्वरोको समस्यापछि सोमबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका उनमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई...

लक्षण देखिए पनि ३ दिनदेखि अस्पताल नपाएका संक्रमितको प्रश्‍न : ‘मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ ?’

लक्षण देखिए पनि ३ दिनदेखि अस्पताल नपाएका संक्रमितको प्रश्‍न : ‘मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ ?’
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न तोकिएका अस्पतालका शय्या भरिएपछि सरकारले लक्षण भएकालाई पनि जबर्जस्ती घरमै राख्न थालेको छ । यसअघि चाप बढेपछि लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न पाउने नियम ल्याइएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्ला पाँच दिनमा २ सय ७ जनालाई घरमै आइसोलेसनमा राखिएको छ । ईडीसीडीका अनुसार उपत्यकामा साउन २२ मा ८१ जना ...

मृत्युको एक साता पछि कोरोना पुष्टिः एक हजार मलामी तनाबमा

मृत्युको एक साता पछि कोरोना पुष्टिः एक हजार मलामी तनाबमा
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ पलाँती निवासी पूर्वमन्त्री मोहनबहादुर बस्नेतका ८४ वर्षीय पिता खड्गबहादुर बस्नेतको मृत्यु भएको साता दिन पछि कोरोना संक्रमण भएको पुष्टिले जिल्लामा त्रास फैलिएको छ । २३ गते काठमाडौंमा मृत्यु भएका बस्नेतका पिताको शव अन्तिम संस्कारका लागि बाह्रबिसे ल्याइएको थियो । काठमाडौंको टिचिङ अस्पतालले मंगलबार मात्रै बस्नेतमा कोरोना संक्रमण भएको पुष्टि गरेपछ...