शुक्रबार थप २४० जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।
यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ । कुल संक्रमितमध्ये ६६.८ प्रतिशतले कोरोना जितेका हुन् ।
संक्रमितको संख्या भने २५ हजार नाघेको छ । आज थप ५९४ जना नयाँ संक्रमित थपिएसँगै कोरोनाबाट संक्रमण हुनेको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९९ पुगेकाे छ ।























