बुढीगंगा गाउँपालिकामा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि मध्ये दुईजना फरार छन् । केही दिनयता उद्योगमा काम गर्ने कर्मचारी र मजदुर गरी ३० जनामा संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर–१ का अध्यक्ष युवराज पौडेलका अनुसार १५० भन्दा बढीको पीसीआर जाँच गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
उद्योगमा कार्यरत विराटनगर ढाटमा डेरा गरी बस्ने दुईजना भारतीय नागरिक भागेका हुन् । ’ उद्योगमा पाँचदेखि छ सय मजदुर कार्यरत छन् ।
कर्कट पाता र फलामे डण्डी उत्पादन गर्दै आएको आरतीमा काम गर्ने अधिकांश मजदुर भारतीय नागरिक छन् । लकडाउनमा सञ्चालन भएको सो उद्योगले नाका शील हुँदा भारतबाट मजदुर आइरहे । नाका शील भए पनि मध्यरातमा उद्योगको मालबाहक ट्रकमा मजदुर आएका थिए । धेरै मजदुर कार्यरत उद्योगमा भारतबाट आएकै मजदुरबाट कोरोना सरेको अध्यक्ष पौडेल बताउँछन् ।
‘























