विराटनगर महानगरपालिकाले कोरोना संक्रमितको संख्या बढेपछि सात दिन लकडाउन थप गरेको हो ।
साउन १६ बाट विराटनगर महानगरपालिकाले लगाएको लकडाउन शुक्रबार सकिदैछ । शुक्रबारबाट सात दिन थप गरी भदौं ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको विराटनगरका मेयर भीम पराजुलीले जानकारी दिए ।
लकडाउन अघि विराटनगर महानगरपालिकामा १०८ कोरोना संक्रमित भेटिएका थिए । लकडाउन यता थप ३०६ जना संक्रमित थपिएका छन् ।
बिहीबारसम्म विराटनगरमा संक्रमितको संख्या ४१५ पुगेको छ ।
संक्रतिम मध्ये ४९ जना होम आइसोलेशनमा छन् । ५० जना विराटनगर महानगरपालिकाले निर्माण गरेको होल्डिङ आइसोलेसनमा छन् ।























