नेपाली बजारमा घट्यो सुनको मूल्य

नेपाली बजारमा घट्यो सुनको मूल्य
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ । आइतबार प्रतितोल १ लाख ४४ हजार ७ सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज १ लाख ४४ हजार ३ कायम भएको छ । महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ । आइतबार १...

अन्तराष्ट्रिय कराँतेमा नेपालकी दीपा लामाले जितिन् स्वर्ण पदक

अन्तराष्ट्रिय कराँतेमा नेपालकी दीपा लामाले जितिन् स्वर्ण पदक
विराटनगर । जर्मनीमा भएको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा महिलातर्फ नेपालकी दीपा लामाले स्वर्ण पदक जितेकी छन् । ६१ किलो तौल समूहमा लामाले स्वर्ण पदक जित्दै नेपालको नाम विश्वसामु उच्च राख्न सफल भइन् । उनले क्वाटर फाइनलमा गिस्सर इसाबेललाई ४–७ अंकले पराजित गरिन् भने, सेमी फाइनलमा अष्ट्रियाकी गस्तल वरोनिकालाई १–४ अंकले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । फाइनलमा जर्मनीकी मोस्टर्ट मडेलिन...

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो । सङ्क्रामक रोगहरूको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तिपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगह...

१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ

१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुलाई पक्राउ गरिएको सिआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए  । प्रहरीले काठमाडौँको सानो गौचरनस्थ...

निरन्तरको वर्षाका कारण इटहरीका विद्यालयहरू बिदा

निरन्तरको वर्षाका कारण इटहरीका विद्यालयहरू बिदा
निरन्तरको वर्षाका कारण इटहरीका विद्यालयहरूमा बिदा दिइएको छ । इटहरी उपमहानगरपालिकाले आज (आइतबार) यहाँ रहेका सबै विद्यालयहरूमा बिदा दिने सूचना जारी गरेको हो । मेयर हेमकर्ण पौडेलद्धारा जारी सूचनाअनुसार निरन्तरको वर्षाका कारण पठनपाठन गर्न समस्या भएका कारण बिदा दिइएको हो । बिदाको दिन पठनपाठनसहित परीक्षासमेत सञ्चालन नगर्न/नगराउन सूचनामा उल्लेख गरिएको छ । शनिबारदेखि कोशी प्रदेशसहित देशैभर निरन्तर वर्षात...

भोलिदेखि मनसुनको सक्रियतामा कमी आउने

भोलिदेखि मनसुनको सक्रियतामा कमी आउने
भोलिदेखि वर्षाको मात्रामा केही कमी आउने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज मनसुन विशेष मौसम बुलेटिन जारी गरेर नेपालमा मनसुनको सक्रियतामा कमी आइ भोलि देखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको जानकारी दिएको हो। न्यून चापिय रेखा भोलिदेखि क्रमिक रूपमा दक्षिण तिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने छ। भोलिदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूम...

विपद् जोखिम बढ्यो : एक महिनामा ६२ जनाको मृत्यु, चार जना बेपत्ता

विपद् जोखिम बढ्यो : एक महिनामा ६२ जनाको मृत्यु, चार जना बेपत्ता
मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु,चार जना बेपत्ता र ९० जना घाइते भएका छन्। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो। केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्...

जीवी राई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फुलमाला लगाउँछौं : सांसद शाही

जीवी राई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फुलमाला लगाउँछौं : सांसद शाही
राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञान बहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्र बाबु राईलाई पक्राउ गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले राईलाई पक्राउ गरेर ल्याए संसदमै गृहमन्त्रीलाई आफूहरुले फुलमालाले स्वागत गर्ने बताए । पुराना राजनीतिक दल र तिनका नेताहरुले देश बर्बाद पारे भन्दै जनमत पाएको भएपनि रास्वप...

काश्मिरमा गोली हानाहान, ८ जनाको मृत्यु

काश्मिरमा गोली हानाहान, ८ जनाको मृत्यु
 भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतङ्कवादी मारिएको प्रहरीले आइतबार जनाएको छ । काश्मिरका प्रहरी महानिरीक्षक विधि कुमार बिर्दीले विवादित क्षेत्रका अधिकारीहरूले कुलगाम जिल्लाका गाउँहरूमा ‘दुई छुट्टाछुट्टै सुरक्षा कारबाही’ गरिएको बताए । बिर्दीले सुरक्षा बलका दुई सदस्य मारिएका र मोडेरग्राम र फ्रिसल चिन्निगाम गाउँहरूमा झडप जारी ...

बाढीपहिरो र डुबानमा परी देशभर १४ जनाको मृत्यु

बाढीपहिरो र डुबानमा परी देशभर १४ जनाको मृत्यु
शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार १८ जना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका छन् । उनले बाढीपहिरो तथा विपद्जन्य घटनामा परी स्याङ्जामा तीन, तनहुँमा तीन, पर्वतमा दुई, काभ्रेपलाञ्चोकमा दुई, काठमाडौँ, उदयपुर, पाल्पा र दाङमा एक–एक जना गरी १४ जना...