निरन्तरको वर्षाका कारण इटहरीका विद्यालयहरूमा बिदा दिइएको छ । इटहरी उपमहानगरपालिकाले आज (आइतबार) यहाँ रहेका सबै विद्यालयहरूमा बिदा दिने सूचना जारी गरेको हो ।
मेयर हेमकर्ण पौडेलद्धारा जारी सूचनाअनुसार निरन्तरको वर्षाका कारण पठनपाठन गर्न समस्या भएका कारण बिदा दिइएको हो । बिदाको दिन पठनपाठनसहित परीक्षासमेत सञ्चालन नगर्न/नगराउन सूचनामा उल्लेख गरिएको छ । शनिबारदेखि कोशी प्रदेशसहित देशैभर निरन्तर वर्षात हुँदा जनजीवन प्रभावित बन्दै आएको छ ।

तपाईको प्रतिक्रिया