विराटनगर । जर्मनीमा भएको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा महिलातर्फ नेपालकी दीपा लामाले स्वर्ण पदक जितेकी छन् । ६१ किलो तौल समूहमा लामाले स्वर्ण पदक जित्दै नेपालको नाम विश्वसामु उच्च राख्न सफल भइन् ।

उनले क्वाटर फाइनलमा गिस्सर इसाबेललाई ४–७ अंकले पराजित गरिन् भने, सेमी फाइनलमा अष्ट्रियाकी गस्तल वरोनिकालाई १–४ अंकले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । फाइनलमा जर्मनीकी मोस्टर्ट मडेलिन आलीवियालाई ४–९ ले पराजित गर्दै लामाले नेपालका लागि स्वर्ण पदक जित्न सफल भएकी अन्तराष्ट्रिय कराँते प्रशिक्षक प्रभाकर राना मगरले जानकारी दिए । यस्तै ८४ किलो तौल समूहतर्फ नेपालकै सुशिल पौडेलले पहिलो फाइटमा भारतको अब्दुला इलयास पटेललाई ०–८ अंकले पराजित गर्दै जर्मनीका सेजफिक सेफोसँग ३–५ अंकले पराजित हुँदै ५ औँ स्थान ओगट्न सफल भएका अन्तराष्ट्रिय कराते प्रशिक्षक परशु कुंवरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया