नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ ।

आइतबार प्रतितोल १ लाख ४४ हजार ७ सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज १ लाख ४४ हजार ३ कायम भएको छ ।

महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ । आइतबार १ हजार ८ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो ।

0

तपाईको प्रतिक्रिया