राजेन्द्र विकको सफल कथा : दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म

राजेन्द्र विकको सफल कथा : दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म
लमजुङ जिल्लाको दोर्दीका राजेन्द्र विकलाई दारबाट निर्माण गरिने विभिन्न हस्तकलाका सामग्री बनाउने कामले भ्याइनभ्याइ छ । यतिबेला वर्षायाममा गाउँका अधिकांश खेत रोपाइँमा व्यस्त रहँदा पनि उनी भने घरसँगैको कटेरामा बसेर दारको काठबाट विभिन्न सामग्री बनाउनै व्यस्त छन् । श्रीकृष्ण हस्तकला उद्योगको नाउँमा दर्ता भएको त्यही टहरोमा बनेका ससाना ठेकी, रक्सी राखिने कप, कप, कचौरा, थालदेखि करुवासम्मका सामग्रीहरु नि...

लगातारको वर्षाले पाल्पाका अधिकांश ग्रामीण सडक अवरुद्ध

लगातारको वर्षाले पाल्पाका अधिकांश ग्रामीण सडक अवरुद्ध
पालपामा ४ दिनदेखि परेको अविरल वर्षाको कारण ठाउँ ठाउँमा पहिरो खसेर जिल्ला भित्रका राजमार्ग तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा ड्म्रे गौडे पुल, कालीमाटी, हिउँदे खोला, झुम्सामा पहिरो खसेर सडक अवरुद्ध भएका हुन्। तानसेन तम्घास सडकतर्फ, तानसेनको ढुङ्गाखानी, हार्थोकको माल्मुम, जोर्ते क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएका हुन्। लामो समयसम्म सडक अवरुद्ध ...

तनहुँमा पहिरोमा बेपत्ता तिनै जनाको शव फेला

तनहुँमा पहिरोमा बेपत्ता तिनै जनाको शव फेला
तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा खसेको पहिरोमा तीन जना बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक जनाको शव शनिबार नै फेला परेको थियो भने आइतबार बिहान थप दुई जनाको शव फेला परेको हो । पहिरोमा परेर ज्यान गुमाउनेमा ४० वर्षीय हिरा नेपाली, ३७ बर्षिय अनिशा बास्तोला र...

नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बग्यो, १७१ जनालाई सुरक्षित स्थानमा सारियो

नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बग्यो, १७१ जनालाई सुरक्षित स्थानमा सारियो
नारायणी नदीमा आएको बाढीले गए राति नारायणगढ नगरवनको झोलुङ्गे पुल बगाएको छ । त्यसै गरी बाढी पस्ने खतरा भएका नदी किनारका बस्तीबाट १७१ जनालाई सुरक्षित स्थानमा सारेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शनिबार साँझसम्म बढ्दो क्रममा रहेर खतराको तहभन्दा पनि एक दशमलव ४६ मिटरमाथि पुगेको नारायणीको जल सतह अहिले भने घट्दै गएको छ । भरतपुर महानगरपालिका–३ नगरवनको नारायणीको भंगालोमा बनेको झन्डै सय म...

बलान नदीमा फसेका ६ किसानको उद्धार

बलान नदीमा फसेका ६ किसानको उद्धार
सप्तरीको बलान नदीमा आएको बाढीमा फसेका ५ किसानको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिए । सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीस्थित खेतमा धान रोप्न गएका किसान बाढीमा फसेका थिए । दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण बलान नदीमा पानीको बहाव बढेको ...

आइतबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आइतबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले बढेको हो । शुक्रबार १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, चाँदीको...

राप्तीमा बेपत्ता दुईजनाको शव भेटियो

राप्तीमा बेपत्ता दुईजनाको शव भेटियो
राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव भेटिएको छ । शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए । यस्तै, दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्...

सप्तकोसीका ५६ वटै ढोका खोलिए, पानीको बहाब उच्च

सप्तकोसीका ५६ वटै ढोका खोलिए, पानीको बहाब उच्च
निरन्तरको वर्षाका कारण सप्तकोसीका ५६ वटै ढोका खोलिएका छन् । पानीको बहाब उच्च भएका कारण कोसी ब्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको हो । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार आइतबार बिहान ९ बजेको मापनअनुसार ३ लाख ६८ हजार ६८० क्यूसेक पानी बगिरहेको छ । जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बास...

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
राष्ट्रिय सभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रश्ताव सर्...

आरन पेसा लोप हुँदै

आरन पेसा लोप हुँदै
पछिल्ला समय आधुनिकीकरण बढ्दै जाँदा हुम्लामा आरन पेसा लोप हुँदै गएको छ। विगतमा हँसिया, आसी,कुटो कादोलो, बञ्चरो लगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा पछिल्लो समय हराउँदै जान थालेको हो। परम्परागत पेसा अँगाल्दै आएका सिमकोट गाउँपालिका–३ का पवसिहं सुनार आधुनिकीकरणसँग यो पेसा हराएकोमा चिन्ता व्यक्त गरे। अहिलेको परिवेशअनुरुप उपयुक्त आम्दानी नुहुँदा यो पेसा विस्तारै हराउँदै गएको सुनारले बताए। ‘आरनका ...