जसले खुट्टाले लेखेरै एसइई पास गरे…

जसले खुट्टाले लेखेरै एसइई पास गरे…
‘अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन’, खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भने, ‘सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।’ मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई परीक्षा दिएका खत्रीले दुई दशमलव ९२ जिपिए ल्याएर एसइई परीक्षा उत्तीर्ण भएका छन् । एसइई दिएकै...

लागुऔषधसहित पाँचजना पक्राउ

लागुऔषधसहित पाँचजना पक्राउ
सुनसरीको धरानबाट लागूऔषधको कारोबारमा संलग्न पाँचजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा सुनसरीको धरान-८ का ३६ वर्षीय सुनिल श्रेष्ठ र २३ वर्षीय दीपक विश्वकर्मालाई १ ग्राम ब्राउन सुगरसहित  पक्राउ गरिएको डीएसपी मानबहादुर राईले बताए। यैगरी भोक्राहा नरसिंह गाउँपालिका-६ का २४ वर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० वर्षीय अजय कुमार देवलाई नियन्त्रित ...

एसईईको मौका परीक्षा साउन २३ देखि ३१ सम्म

एसईईको मौका परीक्षा साउन २३ देखि ३१ सम्म
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको ग्रेडवृद्धि (मौका) परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा मिति सार्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । यसअघि बोर्डले दुई विषयसम्म ननग्रेडिङ (एनजी) मा परेका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ मा हुने जनाएको थियो । तर शिक्षा मन्त्रालयले ननग्...

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री
गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताए । उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे । उनल...

त्रिभुवन विमानस्थलबाट विदेश लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट विदेश लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ
अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय र उनकै श्रीमती ३५ वर्षीया  रहेका छन् । श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलंकाको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग चेकिङ गर्ने क्रम...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
मुगु, छाँयानाथ रारा नगरपालिका–४ भामबाडास्थित सडकमा लु. ५ त ३१४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने राज कुमार रोकायको छोरा २ वर्षीय सुप्रिम रोकायको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रमममा मृत्यु भएको हो । स्थानीयको कुटपिटबाट घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सर्लाही, हरिवन नगरपालिका–१ पटौनास्थित ख...

सोमबार पनि बढ्यो सुनको मूल्य

सोमबार पनि बढ्यो सुनको मूल्य
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेको हो । प्रतितोला छापावाला सुन १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । यस दिन चाँदी प्रत...

बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी

बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा ...

पहिरोले घर पुरिँदा बालकको मृत्यु

पहिरोले घर पुरिँदा बालकको मृत्यु
सुर्खेतको भेरी नगरपालिका–४ इवरमा पहिरोले घर पुरिँदा रमेश बिकका पाँच वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको छ । घटनामा बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार बिकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अहिलेको एसईई नतिजाले शैक्षिक गुणस्तर बढाउँछ

अहिलेको एसईई नतिजाले शैक्षिक गुणस्तर बढाउँछ
दुर्गाबहादुर खड्का ।  जसरी पुरानै एसएलसीकै लयमा अहिलेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आयो यसले अबदेखि बिग्रँदै जान थालेको शैक्षिक गुणस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा राखिएको छ। प्यूठानका ८० वटा विद्यालयमध्ये हालसम्म मैले झन्डै ४० भन्दा बढी विद्यालयमा टेलिफोन गरेर शिक्षकहरूसँग प्रतिक्रिया लिएँ।  यो नतिजाप्रति सबैको सकारात्मक प्रतिक्रिया छ। १ दशमलव ६ जीपीए ल्याउँदा...