सुनसरीको धरानबाट लागूऔषधको कारोबारमा संलग्न पाँचजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा सुनसरीको धरान-८ का ३६ वर्षीय सुनिल श्रेष्ठ र २३ वर्षीय दीपक विश्वकर्मालाई १ ग्राम ब्राउन सुगरसहित  पक्राउ गरिएको डीएसपी मानबहादुर राईले बताए।

यैगरी भोक्राहा नरसिंह गाउँपालिका-६ का २४ वर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० वर्षीय अजय कुमार देवलाई नियन्त्रित औषधी स्पास्मो २५४ टयाब्लेट, ३९ हजार रुपैयाँ र प्र १-०२-०४९ प ११३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको उनले बताए।

धरान-१५ का २७ वर्षीय कबिर तामाङलाई ट्रामाडोल ९० क्याप्सुल, स्पास्मो ९० टयाब्लेट र गाँजा १०० ग्रामसहित पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूको थप अनुसन्धान कार्य भइरहेको डीएसपी राईले बताए।

तपाईको प्रतिक्रिया