विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरू भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरे । भोलिसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीक...

त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ

त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ
नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरी खडक गरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियाँ छन् । प्रहरीले कोइराला र आलामब...

विराटनगरका पशुपालक किसानलाई परजीवि नियन्त्रणको औषधि वितरण

विराटनगरका पशुपालक किसानलाई परजीवि नियन्त्रणको औषधि वितरण
विराटनगर महानगरपालिकाले पशुपालक किसानका लागि परजीवि नियन्त्रणका लागि औषधि वितरण गरेको छ । महानगरको पशुपंक्षी शाखाले वडा नम्बर १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा किसानलाई परजीवि नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो । पशुको गोबर जाँच गरी आन्तरिक परजीवि नियन्त्रणका लागि निःशुल्क रुपमा औषध वितरण गरिएको शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिएका छन् । किसानले गाई, भैंसी र बाख्रा व्यावसायिक रु...

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार
कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ। दुई खच्चडको भने मृत्यु भएको छ। अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए। खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव ...

नेपाल–भारत सम्बन्धले विकासमा नयाँ युगको शुरुवात हुनेछ : परराष्ट्रमन्त्री

नेपाल–भारत सम्बन्धले विकासमा नयाँ युगको शुरुवात हुनेछ : परराष्ट्रमन्त्री
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको बताएका छन् । आईतवार काठमाडौंमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल—भारतको सांस्कृतिक सन्दर्भ विषयक दुई दिवसीय संगोष्ठीलाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक ...

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया
वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिए । उनका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्त...

शिक्षामन्त्री सुमनाको निर्देशनमा विश्वविद्यालयको जग्गा खोजी गरिँदै

शिक्षामन्त्री सुमनाको निर्देशनमा विश्वविद्यालयको जग्गा खोजी गरिँदै
त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज समितिका पदाधिकारीहरुलाई शिक्षामन्त्री सुमना श्रेष्ठ, सचिव डा दिपक काफ्लेलगायत अधिकारीहरुले स्वागत गरेका छन् । मन्त्री श्रेष्ठले समितिले निर्धारित समयमा काम सम्पन्न गर्ने अपेक्षा गरिएकी मन्त्रीको...

विराटनगर र धरानबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर र धरानबाट ब्राउन सुगरसहित ४ जना पक्राउ
मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार मोरङको विराटनगर महानगरपालिका - १५ ढाट स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५४ प ७४८९ नम्बरको स्कुटरलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा स्कुटर चालक ईटहरी- २० का २७ वर्षीय राज श्रेष्ठ र सोही स्कुट...

विराटनगर आइपुगेगृहमन्त्री लामिछाने

विराटनगर आइपुगेगृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आज विराटनगर आइपुगेका छन् । उनी कोशी प्रदेशस्तरीय सुरक्षासम्बन्धी बैठकमा सहभागी हुन यहाँ आएका हुन् । सुरक्षा समितिको बैठक अगाडि गृहमन्त्री लामिछाने राजस्व चुहावट रोकथामसम्बन्धी बैठकमा सहभागी भएका छन् । प्रदेशस्तरीय सुरक्षा समितिको बैठक अपराह्न ३ बजे हुने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीलाई बैठकको उद्द...

सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो
नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । शुक्रबार कीर्तिमानी मूल्य (१ लाख ४५ हजार)मा कारोबार भएको सुनको मूल्य आज ४ हजारले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ३ हजार ९ सय ५० रुपैयाँले घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको...