मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार मोरङको विराटनगर महानगरपालिका – १५ ढाट स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५४ प ७४८९ नम्बरको स्कुटरलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा स्कुटर चालक ईटहरी- २० का २७ वर्षीय राज श्रेष्ठ र सोही स्कुटर पछाडी सवार ३६ वर्षीय सुनिल कार्कीको साथबाट ४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका – १८ स्थितमा अस्थाई प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरी टोलीले धरान- १८ का ४१ वर्षीय सुरज थापा मगर र ३५ वर्षीय संजिव राईलाई ४ ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया