सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घट्यो
नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । शुक्रबार कीर्तिमानी मूल्य (१ लाख ४५ हजार)मा कारोबार भएको सुनको मूल्य आज ४ हजारले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ३ हजार ९ सय ५० रुपैयाँले घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको...

कर्णाली नदीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ खच्चर फसे

कर्णाली नदीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ खच्चर फसे
कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड पुलमै अड्किएका छन् । अछामबाट दैलेखतर्फ आउँदै गरेका खच्चरहरु दैलेख र अछाम जोड्ने झोलुंगे पुलमै अड्किएको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिल दाहालले जानकारी दिए । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ र दैलेखको आठबीस नगरपालिका–४ लाई जोड्छ । डीएसपी ...

कोशी सरकारविरुद्धको मुद्दामा आज सुनुवाइ नहुने

कोशी सरकारविरुद्धको मुद्दामा आज सुनुवाइ नहुने
कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ नहुने भएको छ। सुनुवाइका लागि रिटको पेशी इजलासमा चढेको भएपनि हेर्न नमिल्नेमा राखिएको छ। कोशी सरकार विवादमा सुनुवाइका लागि सर्वोच्च अदालतले  पूर्ण इजलास गठन गरेको छ।  न्यायाधीश प्रकाश कुमार ढुंगाना,अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेल सम्मिलित पूर्ण इजलास गठन भएको हो। यसअघि  न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजालसले रिटमाथि सुनुवाइ गर्न ...

प्रधानमन्त्री दाहाल मोदीको शपथ कार्यक्रममा सहभागी हुन भारत जादै

प्रधानमन्त्री दाहाल मोदीको शपथ कार्यक्रममा सहभागी हुन भारत जादै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज भारतको नयाँ दिल्ली जाने भएका छन् । परराष्ट्र मन्त्रालयले जानकारी दिदै प्रधानमन्त्री प्रचण्ड आज दिल्लीतर्फ प्रस्थान गर्ने र सोमबार स्वदेश फर्किने बताएको छ । प्रधानमन्त्रीसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत जाने परराष्ट्रले जनाएको छ । तेस्रो का...

आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएका १३ वर्षीय विष्णुको मृत्यु

आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएका १३ वर्षीय विष्णुको मृत्यु
कैलालीको धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्था भेटिएका एक १३ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ का १३ वर्षीय विष्णु फुलारा कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनका बुवा आमाले अस्पताल पुर्‍याएको १५ मिनेटमा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रह...

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाइ

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाइ
कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गत बुधबार यो रिटलाई पूर्ण इजलासमा पठाउन आदेश गरेको थिय...

विद्यालय शिक्षा विधेयकलाई प्राथमिकतामा राखेर छलफल गर्न शिक्षा समितिलाई मन्त्रीको आग्रह

विद्यालय शिक्षा विधेयकलाई प्राथमिकतामा राखेर छलफल गर्न शिक्षा समितिलाई मन्त्रीको आग्रह
शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक प्राथमिकतामा राखेर छलफल गराउन शिक्षा तथा स्वास्थ्य समितिलाई अनुरोध गरेकी छन् । मन्त्री श्रेष्ठले बिहीबार समितिलाई पत्राचार गर्दै विधेयक नेपालको विद्यालय शिक्षा, पाठ्यक्रम, परीक्षा सहितका विषयसँग सम्बन्धित भई मुलुकको विद्यालय शिक्षा प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने विषयसँग सम्बन्धित भएकोले यस्तो आग्रह गरेकी हुन् । ‘विद...

कुवेतमा मालिककाे अत्याचार सहन नसकेर नेपाली चेलीले गरिन आत्महत्या

कुवेतमा मालिककाे अत्याचार सहन नसकेर नेपाली चेलीले गरिन आत्महत्या
करिब सात महिना अघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी सल्यान बागचौर नगरपालिका–९ घर भएकी जानकी कुँवरले गत ४ जेठमा आत्महत्या गरिन् । अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा पुगेकी राहदानी नम्बर पीए ०५४९४९९ भएकी कुँवरले कुवेतको जाराहा भन्ने ठाउँमा आत्महत्या गरेकी हुन् । उनले आत्माहत्या गरेको जानकारी पाएपछि मृतकका बाबु वीरबहादुर कुँवरले बागचौर नगरपालिका कार्यालयमा छोरीको शव नेपाल झिकाउन म...

पक्राउ परेका विद्यार्थीलाई छाड्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन

पक्राउ परेका विद्यार्थीलाई छाड्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन
मोरङको रंगेली नगरपालिकाका कार्यबाहक मेयर, प्रमुख प्रशासकीय अधिकृत एवं नगर प्रहरीमाथि दुर्व्यवहार र आक्रमण गर्ने समूहको समर्थनमा विराटनगरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा यातायात अवरुद्ध पारेर शुक्रबार दिउँसो प्रदर्शन सुरु गरेका हुन्। विद्यार्थीहरूले दुईतर्फी यातायात बन्द गर्दै सवारीसाधन सञ्...

मधेश सरकारको निर्णय: सांसदलाई ५ करोडको योजना

मधेश सरकारको निर्णय: सांसदलाई ५ करोडको योजना
नवगठित मधेश प्रदेश सरकारको आज बसेको पहिलो बैठकले सांसदलाई ५ करोडको योजना वितरण गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको हो। मुख्यमन्त्री सिंह सहित मन्त्रीहरुको शपथ ग्रहणसँगै बसेको बैठकबाट मुख्यमन्त्रीले पदभार ग्रहणका क्रममा गरेका निर्णयहरु पारित गर्दै थप एक निर्णय गरेकोमा प्रत...