कैलालीको धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्था भेटिएका एक १३ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ का १३ वर्षीय विष्णु फुलारा कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनका बुवा आमाले अस्पताल पुर्‍याएको १५ मिनेटमा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया