कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड पुलमै अड्किएका छन् । अछामबाट दैलेखतर्फ आउँदै गरेका खच्चरहरु दैलेख र अछाम जोड्ने झोलुंगे पुलमै अड्किएको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिल दाहालले जानकारी दिए । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।

पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ र दैलेखको आठबीस नगरपालिका–४ लाई जोड्छ । डीएसपी दाहालका अनुसार घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए । उद्धारका लागि असईको नेतृत्वमा सात जना प्रहरीको टोली पुगिसकेको उनले बताए ।

‘त्यहाँको अवस्था हेर्दा सुरक्षा निकायको टोली र स्थानीयको प्रयासमा केहि गर्न सकिने अवस्था छैन्,’ डीएसपी दाहालले भने ‘पुलको प्राविधिक टोलीलाई बोलाएर चुँडिएको लट्ठा सिधा पार्न सकिन्छ की भनेर पहल भइरहेको छ ।’ यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।

तपाईको प्रतिक्रिया