रुपेशको मलेसीयामा छुरा हानी हत्या : आराेपित मिलन पक्राउ

रुपेशको मलेसीयामा छुरा हानी हत्या : आराेपित मिलन पक्राउ
रोजगारीका लागि मलेसिया गएका एक नेपाली युवकको हत्या भएको छ । सिराहाका रुपेश यादवको छुरा (चक्कु) प्रहारबाट हत्या भएको हो । उनकै साथी मिलन गुरुङले गए राति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।  साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

होटलको कोठामा युवतीको हत्या अभियोगमा युवक पक्राउ

होटलको कोठामा युवतीको हत्या अभियोगमा युवक पक्राउ
 मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हेटौंडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेला परेकी थिइन् । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो । खाँलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्...

प्रधानमन्त्री ओलीसँग प्रकाशको भेट

प्रधानमन्त्री ओलीसँग प्रकाशको भेट
प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन् । 'हेर्ने कथा' बाट आफ्नो परिवारको सम्पर्कमा पुगेका प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकता दिइसकेका छन् । प्रधानमन्त्री ओलीले प्रकाशको ...

सहकारीको बचत ठगि छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थपिँदै

सहकारीको बचत ठगि छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थपिँदै
सहकारीको बचत ठगिको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ । समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय थप गर्न लागिएको हो । समितिको म्याद १५ दिनका लागि थप्न लागिए...

श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको लगातार दोस्रो जित

श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको लगातार दोस्रो जित
इङल्याण्डले श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो । खेलको चौथो दिन श्रीलंकाले दिएको २०५ रनको लक्ष्य इङल्याण्डले ५ विकेट गुमाएर पुरा गरेको थियो । यस टेस्टमा श्रीलंकाले पहिलो इनिंगमा २३६ रन बनएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा ३५८ रन बनाएको थियो । त्यसपछि श्रीलंका आफ्नो दोस्रो इ...

विराटनगरको दिलावर फार्मेसी शिलबन्दी

विराटनगरको दिलावर फार्मेसी शिलबन्दी
विराटनगर /विराटनगरको न्यूरो हस्पिटल चोकमा रहेको दिलावर फार्मेसीले विरामीलाई खुल्लेआम ठगी गर्दै आएको घटना सेलाउन नपाउँदै औषधीको अनुचित प्रयोगको लागि ‘ट्रामाडोल’ इन्जेक्सन भण्डारन गरेको पाइएपछि शिलबन्दी गरिएको छ ।   औषधी व्यवस्था विभाग (डिडिए) विराटनगरले आज दिउँसो दिलावर खानले संचालन गरेको फार्मेसी सिलबन्दी गरेको हो । डिडिए विराटनगरका फार्मेसी अधिकृत अनिल परियारको नेतृत्वमा आएको टोलीले...

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । उनले गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्...

ममता काफ्ले प्रकरण: घरभित्र बाथरुम र कार्पेटमा रगत देखिएको फोटो सार्वजनिक

ममता काफ्ले प्रकरण: घरभित्र बाथरुम र कार्पेटमा रगत देखिएको फोटो सार्वजनिक
अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली महिला ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन्, जसले उनको बेपत्तामा श्रीमान् नरेश भट्टको संलग्नता भएको आशंकालाई बल पुर्‍याएको छ। मनसास पार्क प्रहरीले नरेश भट्टलाई ममताको बेपत्तामा संलग्न भएको आरोपमा थुनामा राखेको छ। अदालतमा भएको सुनवाइका क्रममा अभियोजन पक्षले प्रस्तुत गरेका तस्वीरहरुमा भट्टको घरभित्र...

केरा बगानमा दुई बालिका मृत्यु प्रकरण : वेपत्ता आमाकाे माेवाइल स्विच अफ

केरा बगानमा दुई बालिका मृत्यु प्रकरण : वेपत्ता आमाकाे माेवाइल स्विच अफ
 मोरङको सुन्दरहरैंचास्थित केरा बगानमा मृत भेटिएका दुई नाबालिकाकी आमा अझै बेपत्ता छिन् । उनको खोजी कार्य तीव्र पारिए पनि अझै पत्ता लाग्न नसकिरहेको प्रहरीले जनाएको छ । बालिका मृत भेटिएकै दिनदेखि २९ वर्षीया आमा अस्मिता न्यौपाने बेपत्ता छिन् । सुन्दरहरैंचाका ५०० भन्दा धेरै स्थानीयको सहयोगमा नजिकैको चारकोसे जंगलमा ‘खोजी गरिएको छ । तर, उनको केही पत्तो नलागेको प्रहरीले जानकारी दिएको छ । ...

आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै

आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै
काठमाडौं । भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाईंदैछ । पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्दै बाबुको मुख हेर्ने चलन छ । ‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप आजका दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर...