तीनकुनेमा ३ वटा गाडी ठोक्किदाँ १ जनाको मृत्यु, ३ घाइते
काठमाडौं । तीनकुनेमा ३ वटा सवारीसाधन आपसमा जुध्दा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्।
उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकरी दिए।
बिहीबार बिहान ६.३५ मा काठमाडौं(३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा...










