झापा भेटेरिनरी अस्पतालका कर्मचारीबीचमा कु,टा,कु,ट भएको छ । भद्रपुरस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीबीच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।सोमबार दिउँसो कार्यालयमा सातौं तहका पशु चिकित्सक सुजन राईले सोही कार्यालयका पाँचौं तहका कर्मचारी रोहित महतमाथि ५ सय रुपैयाँको विवादपछि हातपात गरेका हुन् ।
उनीहरुका २ बीचको झगडाका क्रममा अर्का कर्मचारी घाइते भएका छन् ।
करिब २ मिनेट १० सेकेन्ड लामो भिडियो फुटेजमा राईले महतलाई धम्क्याउँदै औंला ठड्याएको र लगत्तै मुक्का प्रहार गरेको स्पष्ट देखिन्छ । झगडा छुट्ट्याउन खोज्दा चौथो तहका कर्मचारी दिवाकर सुनरैत घाइते भएका छन् ।
राईको हातबाट मार्तल खोस्न खोज्दा उनको टाउकोमा लागेको थियो । विवादको जड लिक्युड नाइट्रोजन र पशु वीर्य (सिमेन) को हिसाबकिताब हो ।
राईले सिमेनको ५ सय रुपैयाँ नदिएको विषयमा विवाद भएपछि कुटाकुट भएको हो ।

तपाईको प्रतिक्रिया