नेपाली बजारमा सुनको भाउ फेरि बढ्न थालेको छ । सोमबार तोलामा ५ सय, मंगलबार ५ हजार ३ सय बढेको सुन आज बुधबार थप १ हजार ७ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ हजार ७ सयले बढेर तोलाको १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया