नोबेल हस्पिटलमा फेरि लापरवाही, रङ्गेलीका समाजसेवी धर्मेन मण्डलको मृत्यु
नोबेल हस्पिटलमा उपचारका क्रममा रङ्गेली नगरपालिका वार्ड नं. ५ निवासी समाजसेवी धर्मेन मण्डलको ज्यान गएको छ। आफन्तहरूका अनुसार, अस्पतालको गम्भीर लापरवाहीका कारण ४५ वर्षीय मण्डलको मृत्यु भएको हो।
धर्मेन मण्डलले शुक्रबार जिब्रोको सामान्य अपरेसन गराएका थिए। प्रारम्भमा अवस्था सामान्य देखिए पनि शनिबार राति अत्यधिक रक्तस्राव भएपछि स्वास्थ्य अवस्था एक्कासी गम्भीर भयो। तर, अस्पताल प्रशासनले समयमा आवश्...











