दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार राति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले सो आदेश गरेका हुन् ।
२०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा पूर्व राजाको पक्षमा प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा सरकारी वकिलले ५० जनाविरुद्ध राज्यविरुद्ध समेतको कसुरमा जेठ ११ मा अभियोज...











