नेपाल–भारत संयुक्त आयोग बैठकः तीन दशकदेखि थाती एजेन्डामा छलफल हुँदै
काठमान्डाैं / नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा विगतदेखि थाती रहँदै र बहस हुँदै आएका एजेन्डामा छलफल हुने भएको छ। बैठकमा नेपालले तीन दशकदेखि उठाउँदै आएका एजेन्डा पेस गर्ने तयारी गरेको छ। बैठक दुई सातापछि काठमाडौंमा हुने भनिए पनि औपचारिक मिति तय भइसकेको छैन।
‘२०७३ कात्तिक १० मा नयाँदिल्लीमा भएको चौथो बैठकमा प्रस्तुत एजेन्डा, तिनमा भएका प्रगति र थाती विषयमा समीक्षा हुनेछ’, परराष्ट्र अधिक...











