राजधानीको    स्वयम्भूमा एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् ।
तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तामाङले आत्महत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी लालध्वज सुवेदीले तामाङले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको बताए । उनले पोष्टमार्टमको रिपोर्ट पाएपछि थप खुल्ने बताए ।
श्रीमानसँग बस्दै आएकी तामाङको २ छोराछोरी छन् ।
घटना मोडिएपछि।।।
यता शान्तिको शव पोष्टमार्टमको लागि अस्पताल लगेपछि घटनाले अर्को मोड लिएको छ । शान्तिको आत्महत्याबारे घर पक्ष र माइती पक्षबीच अस्पतालमा सामान्य झगडा समेत भएको प्रहरीले जनाएको छ ।
डीएसपी सुवेदीले शान्तिको आत्महत्याबारे माइती पक्ष र घर पक्षबीच जलाउने सहमति भएपनि अस्पतालमा झगडा परेपछि घटनाले अर्को मोड लिएको हो ।
शान्तिका श्रीमानको नाताले भान्जी पर्ने पवित्रा तामाङले शान्तिलाई हामी २÷३ जना मिलेर मारेको भनेको माइती पक्षको आरोप छ ।
सहमतिको लागि प्रहरी चौकीमा जाँदा समेत प्रहरीले भान्जी पवित्रा र उनीसँग गएका अर्का एक युवकलाई भगाएको आरोप माइती पक्षले लगाएको छ ।
तर, यस विषयमा डीएसपी सुवेदीले भगाएको भनि लगाएको आरोप झुठो रहेको बताए । डीएसपी सुवेदीले भने, ‘उनीहरु विरुद्ध किटानी जाहेरी पनि परेको छैन । समात्ने आधार पनि केही छैन ।’

तपाईको प्रतिक्रिया