सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा ३ स्थित पुर्व पश्चिम लोकमार्गमा रहेको गछिया बजारमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा ५ ख ७३५ नम्बरको हायसले बिपरित दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिदा साइकल चालक गम्भिर घाइते र हायसमा सवार एक यात्रु सामान्य घाइते भएका छन ।

घाइते हुनेमा साईकल यात्री सुन्दरहरैचा ३ का ५२ वर्षिय नारायण सरदार र हायसमा सवार पथरीशनिश्चरेका ४९ वर्षिय खगेन्द्र गुरुङ रहेका छन । उनिहरु दुवैलाई उपचारको लागि धरान घोपा पठाएको र हायस चालक र हायसलाई गछिया प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया