तास खेलिरहेका ८ जना पक्राउ, ९७ हजार बढी नगद बरामद
विराटनगर । विराटनगर महानगरपालिका–८ मधुमारास्थित गोविन्द राजवंशीको घरमा सञ्चालित तासको खालमा प्रहरीले बिहीबार साँझ छापा हानेको छ ।
छापा हानेर प्रहरीले तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनाल नेतृत्वको टोलीले साँझ ६ः३० बजेतिर छापा हानेर तास खेलिरहेकाहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–१२ का ३७ वर्षीय अनिलबाबु कुँ...











