न्युरोडमा लुटिइन् प्रदेशसभा सांसद भावना सुवेदी सेतोपाटी संवाददाता
व्यक्तिगत कामको सिलसिलामा न्युरोड पुगेकी प्रदेश नं. ३ की प्रदेशसभा सांसद भावना सुवेदीको पर्स लुटिएको छ।
न्युरोडको भीडभाडमा अज्ञात व्यक्तिले आइतबार अपरान्ह ब्यागमा रहेको पर्स लुटेको सांसद सुवेदीले बताइन्।
‘भीड छिचोल्दै थियौं, पर्स लुटिएको पत्तै पाइएन,’ उनले भनिन्, ‘कतिबेला लुटियो भन्ने पनि यकिन भएन।’
सुवेदीको पर्समा सात हजार रुपैयाँ र केही महत्वपूर्ण सामानहरू थिए। सुवेदीका अनुसार बैंकमा एट...










