सर्वोच्चलाई ओलीको जवाफः मैले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको थिइनँ
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्तिका लागि सिफारिस नगरेको दाबी गरेका छन् ।
संसद् विघटनविरुद्ध परेको रिटमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीसँग पनि लिखित जवाफ माग गरेको थियो । सो रिटमा लिखित जवाफ बुझाउँदै ओलीले भनेका छन्, ‘प्रधानमन्त्री शुसिला कार्किको नियुक्तिमा प्रधानमन्त्रीको सिफारिशमा भन्ने शब्दावल...











