मोरङको केराबारी पालिका अस्पतालमा अत्याधुनिक सेवा शुभारम्भ
केराबारी । मोरङको केराबारी गाँउपालिकास्थित पालिका अस्पतालमा अत्याधुनिक उपकरणवाट थाइराइड, भिटामिन डी,कलेजो, मुटु, मृगौला, युरिक एसिड, सुगर लगायतको परिक्षण सेवा शुभारम्भ भएको छ ।
सो सेवाको बिहिबार केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ र उपाध्यक्ष मनमाया मगरले संयुक्त रुपमा उदघाटन गरेका हुन । सो अवसरमा केराबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख टोम प...











