रास्वपाले समानुपातिक सूची सच्याउने, गल्ती स्वीकार
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएका गल्तीहरू सच्याइने बताएका छन् । निर्वाचन आयोगमा पेस गरिएको सूची न्यायोचित नभएको भन्दै चौतर्फी आलोचना भएपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
पार्टीले बुझाएको बन्दसूचीलाई लिएर भित्र र बाहिर तीव्र विरोध भएपछि नेता पराजुलीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । ‘सहमति अत...











