आज सुन १०० ले बढेको छ र चाँदी स्थिर

आज सुन १०० ले बढेको छ र चाँदी स्थिर
काठमाडौं । सोमबार पनि सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

झापामा आगोमा जलेर घाईते विरेन्द्रको उपचारको क्रममा मृत्यु

झापामा आगोमा जलेर घाईते विरेन्द्रको उपचारको क्रममा मृत्यु
झापा । झापाको मेचिनगरमा आगलागीबाट घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मेचिनगर नगरपालिका – ४ आमडाँगीका ५१ वर्षीय विरेन्द्रराज राईको घरको पुजा कोठामा अचानक विद्युत सर्ट भई कोठा भित्र आगलागी भएको थियो । उक्त आगो निभाउने क्रममा विरेन्द्रराज घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङहोममा आज बिहान मृत्यु भएको हो ।आगलागीमा राईको दुवै हात, खुट्टा र अनुहार जलेको थि...

लागूऔषधसहित सुनसरी र इलामबाट ४ जना पक्राउ

लागूऔषधसहित सुनसरी र इलामबाट ४ जना पक्राउ
अवैध लागूऔषधसहित प्रहरीले सुनसरी र इलामबाट ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २४ फागुनमा इलामको इलाम नगरपालिका–९ मा चेकजाँचको क्रममा मे १ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद भएसँगै उक्त गाडी सहित चालक इलाम नगरपालिका–१२ का रोशन लिम्बू र सोही स...

मोटरसाइकल दुर्घटनामा काँग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

मोटरसाइकल दुर्घटनामा काँग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ स्थित नर्सरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर ५२ वर्षीय पौडेलको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनामा ग...

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा
तेह्रथुम । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो । चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताए । उनका अनुसार हिउँदयाम वनभोज खाने र विशे...

अभिनेत्री कियारा आडवाणी गर्भवती भएपछि छोडिन् डन-३

अभिनेत्री कियारा आडवाणी गर्भवती भएपछि छोडिन् डन-३
काठमाडौँ । बलिवुड अभिनेत्री कियारा आडवाणीले आफ्नो गर्भवती भएको घोषणा गरेर फ्यानहरूलाई खुसीको खबर दिएकी छिन् । तर, यसले फरहान अख्तर निर्देशित आगामी फिल्म डन-३ लाई भने असर पारेको छ । मिडिया रिपोर्टका अनुसार कियारा आडवाणीले परिवारको लागि फिल्मबाट ब्रेक लिने भएपछि उनले फिल्म डन-३ छोडेकी छिन् । कियाराले हाल टक्सिक र वार २ को छायांकन समेट्दै गरेको बताइएको छ । यसपछि, उनी आफ्नो परिवार र आफ्नो हुने ...

राजालाई प्रचण्डको धम्की

राजालाई प्रचण्डको धम्की
सत्ता पछाडी फर्काउने दुस्साहस कुनै हालतमा सफल हुँदैन । त्यो मूर्खता हो । अहिले धेरै नेताहरूले भनेको मैले हेरिरहेको छु, पूर्वराजा अहिले नागरिक भइसकेका छन् । नागरिककारूपमा पार्टी खोलेर चुनाव लडे हुन्छ । यो मूर्खता उनले गरे भने फेरि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछ । जनता मान्नेवाला छैन । अहिले केही मान्छे उचाल्दैमा इतिहास फर्किन्छ भन्नू चाहिँ मूर्खताबाहेक केही होइन । उनले पहिला पनि धेरै मूर्खता...

बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा  शिक्षक पक्राउ
विद्यालयभित्रै बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका-१२ घर भई सप्तरी सप्तकोशी नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेशकुमार राउत रहेका छन्। सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार उनलाई दुई दिनअघि सप्तकोशी नगरपालिका-२ स्थित गौवर्द्धन बैरागी जनता माविबाट पक्राउ गरिएको हो। उनले सोही दिन बिहान ८ बजे १६ वर्षीया ...

राष्ट्रियसभाको बैठक बस्दै, अध्यादेश पेश गरिदै

राष्ट्रियसभाको बैठक बस्दै, अध्यादेश पेश गरिदै
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज अपराहन्न १: १५ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा स्वीकृत भएका पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । बुधबार प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका थिए । प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि के...

२ महिनादेखि दाल–गेडागुडीको भाउ ओरालो, किलोमै ५० सम्म घट्यो

२ महिनादेखि दाल–गेडागुडीको भाउ ओरालो, किलोमै ५० सम्म घट्यो
२१ फागुन, काठमाडौं । पछिल्लो पटक दैनिक उपभोग्य खाद्य सामग्रीको भाउ घट्न थालेका खबरले उपभोक्तामा खुसी सञ्चार भइरहेको छ । पछिल्लो चार महिनायता नेपालीको भान्सामा अनिवार्य रहेको चामलको भाउ निरन्तर ओरालो लागेको खबर सार्वजनिक हुँदा जसरी उपभोक्ता खुसी छन्, त्यसैगरी खुसी बनाउने अर्को खबर आएको छ । नेपालीको भान्सामा धेरै खपत हुने खाद्यवस्तुमा पर्छ दाल तथा गेडागुडी । हो, दाल तथा गेडागुडीको भाउ पनि घट...