शैक्षिक केन्द्रमा विष्फोट, कम्तीमा १९ जनाको मृत्यु

शैक्षिक केन्द्रमा विष्फोट, कम्तीमा १९ जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलको एक शैक्षिक केन्द्रमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । प्रहरीका अनुसार शहरको पश्चिमी भागमा रहेको काज एजुकेशन सेन्टरमा विष्फोट भएको हो । विद्यार्थी परीक्षा दिइरहेका बेला विष्फोट भएको केन्द्रका कर्मचारीले बताएका छन् । यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिस हजारा समुदायका छन् । विगतमा पनि हजारा समुदायलाई लक्षित गरी...

बन्दुकधारीद्वारा ६ प्रहरी अधिकारीको हत्या

बन्दुकधारीद्वारा ६ प्रहरी अधिकारीको हत्या
उत्तरी मेक्सिकोमा बन्दुकधारीहरूले बुधवार ६ जना प्रहरी अधिकारीको गोली हानेर हत्या गरेका छन् । क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला पाँच प्रहरी अधिकारीको गोली हानेर हत्या भएको हो । जाकाटेकास राज्यमा बन्दुकधारीले आक्रमण लगत्तै घटनास्थलमा पुगेका थप दुई कानून प्रवर्तन अधिकारीहरूलाई पनि गोली हानेका थिए । तिमध्ये एक जनाको मृत्यु भएको छ । आक्रमणमा लागूऔषध तस्करको संलग्नता रह...

विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : १७ जनाको मृत्यु

विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : १७ जनाको मृत्यु
रुसको एक विद्यालयमा अन्धाधुन्ध  गोली चल्दा १७ जनाको मृत्यु भएको छ। पश्चिमी रुसको उदमुर्त गणतन्त्रको राजधानी इजेभस्कको शहरस्थित विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ११ बालबालिकासहित १५ जनाको ज्यान गएको हो । घटनामा २२ बालबालिकासहित २४ जना घाइते भएको बताइएको छ । गोली हान्ने व्यक्तिले दुईवटा पेस्तोल र ठूलो संख्यामा कारतूस ल्याएका थिए। उनले आक्रमणपछि आत्महत्या गरेक...

इरानमा हिजाब प्रकरणले बबण्डर,३१ जना मारिए

इरानमा हिजाब प्रकरणले बबण्डर,३१ जना मारिए
इरानमा हिजाबका कारण २२ वर्षीया महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबको विवाद चर्किएको छ । इरानमा हिजाबका लागि ल्याइएको कडा नियमको विरोधमा भएको प्रदर्शनका विरुद्ध सुरक्षा बलले हिंसात्मक कारबाही गरेको छ । इरानी सुरक्षा बलहरूको कारबाहीमा यस घटनामा कम्तिमा ३१ सर्वसाधारणको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । महसा अमिनीको हिरासतमा मृत्यु भएपछि यी विरोधहरू भड...

लम्पी भाइरसले भारतमा पाँच महिनामा एक लाख पशुचौपायाको मृत्यु, नेपालमा जोखिम कति?

लम्पी भाइरसले भारतमा पाँच महिनामा एक लाख पशुचौपायाको मृत्यु, नेपालमा जोखिम कति?
भारतमा लम्पी भाइरसले पाँच महिनाको अवधिमा एक लाख पशुचौपाया मरेका छन्। गत अप्रिलमा पहिलोपटक गुजरातमा देखा परेको यो रोग अहिले डेढ करोड बढी पशुचौपायामा देखिसकेको छ। भारतमा यो रोग तीब्र फैलिरहँदा यसको जोखिम नेपालमा पनि बढेर गएको छ। किनभने अहिले भारतमा यो रोग फैलिएको ८ वटा राज्यमध्ये दुई वटा राज्य नेपालसँग सीमा जोडिएका छन्। जसमा उत्तरप्रदेश र उत्तराखण्ड छन्। भौगोलिक हिसाब उत्तराखण्डसँग ने...

प्रत्येक चार सेकेन्डमा भोकले एक जनाको मृत्यु

प्रत्येक चार सेकेन्डमा भोकले एक जनाको मृत्यु
संसारमा  प्रत्येक चार सेकेन्डमा एक जना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन् । विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निणर्ायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका छन् । ‘७५ देशका संस्थाहरूले एक खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् जसमा भोकमरीको स्तर बढ्दै गएको र कारबाहीका लागि सिफारिसहरू भएकोमा आक्रोश व्यक्त गर...

चट्याङ लागेर २१ किसानको मृत्यु

चट्याङ लागेर २१ किसानको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा २१ जनाको मृत्यु भएको छ। बिहारको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक अधिकारीले मंगलबार टेलिफोनबाट सो घटनाको पुष्टि गरेका हुन् । कृषिकर्ममा व्यस्त भएका बेलामा उनीहरूको ज्यान गएको हो । बिहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा...

विद्यालयमा सेनाले गोली चलाउँदा ६ बालबालिकाको मृत्यु

विद्यालयमा सेनाले गोली चलाउँदा ६ बालबालिकाको मृत्यु
म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा छ बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । विद्रोहीहरूले आफूूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । चलाएको बताए। गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छ...

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध
तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धि सूचना सेयर गरेका छन् र तोकिएको सम...

आप्रवासी सवार डुंगा डुब्दा ११ जनाको मृत्यु

आप्रवासी सवार डुंगा डुब्दा ११ जनाको मृत्यु
ट्युनिसियाको तटमा भएको डुंगा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् । ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुंगा मंगलबार डुबेपछि १४ जनाको उद्धार गरेको जनाएको छ । शनिबार राति थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चार माध्यमा टीएपीले जनाएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूम...