शरीर जोडिएका संसारकै सबैभन्दा बढी उमेरका जुम्ल्याहाको निधन
शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) रोनी र डोनी ग्लेयानको निधन भएको छ । उनीहरुको ६८ वर्षको उमेरमा निधन भएको हो । उनीहरुले डेटनको एक अस्पतालमा प्राण त्यागेका छन् । उनीहरुका भाई जिमले निधनको खबरको पुष्टि गरेका छन् ।
उनीहरुको अन्य कुनै रोगले नभई प्राकृतिक निधन भएको जनाइएको छ । यी जुम्ल्याहा दाजुभाइको जन्म २८ अक्टोबर १९५१ मा अमेरिकाको ओहायोमा भएको थियो । उनीहरुले सानै उ...