मानिसहरू निकै ब्यस्त हुने भएका कारण व्यायाम, योग वा एक्सरसाइजको लागि समय निकाल्न सकिरहेको हुँदैन वा दिनभरिको कामको थकाइले अल्छीसमेत भएको हुन्छ

शरीरलाई स्वास्थ्य र ऊर्जाका लागि व्यायाम गर्न समय नभएको खण्डमा दैनिक अफिस जाँदा, घर फर्किँदा, वा समान किन्न ठूला मलहरू जाँदा हिँडेर र त्यहाँ भएका लिफ्टको सट्टामा सिँढी चढ्ने गर्दा मात्र पनि शरीरलाई फाइदा पुग्छ ।

हिँड्नु र सिँढी चढ्नु भनेको पनि एक प्रकारको एक्सरसाइज हो । हिँड्दा र सिँढी चढ्दा थकाइ लग्नुका साथै श्वास फुल्न सक्छ ।

तर, विस्तारै गएर विस्तारै सहने शक्ति आर्जन हुन्छ र फटाफट हिँड्न र सिँढी चढ्न सजिलो हुन्छ ।

कम्मरभन्दा तलका मांसपेशी र हड्डी तन्दुरुस्त राख्न चाहनेले हिँड्न तथा सिँढी चढ्दा उत्तम हुन्छ ।

हिड्दा तथा सिंढी चढ्दा हुने गतिबिधिले फाइबर र अक्सिजनको मात्रालाई सन्तुलन गरेर खुट्टाको हड्डी र मांसपेशीहरू मजबुत हुन्छ ।

हिँड्दा तथा सिँढी चढ्दा बढी मात्रामा क्यालोरी नष्ट भइ शरीरको तौल पनि घटेर जान्छ ।

शरीरको रगतमा चिनीको मात्रा कम हुनुका साथै कोलेस्टेरोल उक्त रक्तचाप तथा मधुमेहलाई नियन्त्रण गर्छ ।

त्यस्तै, दिनको ३० मिनेट हिँड्दा र १० मिनेट मात्र सिँढी चढ्ने गर्दा स्वाससम्बन्धी रोग, स्वाँस्वाँ हुने र मुटुको विभिन्न समस्याहरूमा सुधार आउँछ ।

तपाईको प्रतिक्रिया