जिरी नेपालको जनकपुर अञ्चल, दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र हो। राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको छ।

जिरी अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ । तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ।

पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ । यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ ।

मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकषिर्त तुल्याएका छन्। स्विट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा ‘जुरिक’ सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा जुरिक नै हो ।

‘यहाँको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ तर भौतिक पूर्वाधारको अभावले समस्या उत्पन्न गराएको छ।

भौगोलिक तथा शैक्षिक अध्ययन-अनुसन्धानका लागि जिरी प्राविधिक शिक्षालय उपयुक्त गन्तव्य हो। धेरै टाढा-टाढाका विद्यार्थीहरू यो शिक्षालयमा आइपुग्छन्। पर्याप्त भौतिक पूर्वाधार एवं गुणस्तरीय शैक्षिक स्तरका कारण धेरै विद्यार्थीको मन यो शिक्षालयले खिचेको छ।

जिरी पुग्ने प्रायः पर्यटक पैदल यात्रा गर्न रुचाउँछन् । हिमाली गाईको दूधबाट बनेको चीज पनि यहाँको विशेषता हो । जिरेलको संस्कृति बुझ्न र हिमाली गाईको छुर्पीको स्वाद लिन पनि जिरी उपयुक्त गन्तव्य बन्दैछ।

विद्यालय-कलेजका विद्यार्थी, नवविवाहित जोडी तथा ट्रेकिङ गर्न रुचाउनेहरूका लागि जिरी महत्वपूर्ण क्षेत्र मानिन्छ । चैत-वैशाखमा गुराँसले राताम्य हुने बाटो पुस-माघमा हिउँले पुरिन्छ ।

जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरको आफ्नै बिशेषता रहेको छ । हरेक नागपन्चमीमा उक्त मन्दिरमा मेला लाग्ने गरिन्छ । मेला हेर्नकै लागि जिरी नगरपालिका आसपासबाट थुप्रै भक्तजन हरु आउने गरिन्छ।

तपाईको प्रतिक्रिया