बेलबारी, नेपाल विधुत प्राधिकरण बेलबारी वितरण केन्द्रका प्रमुखले सेवा ग्राही सग झर्किएको गुनासो सेवाग्राहीले गर्न थालेका छन । बेलबारी विधुत प्राधिकरणको चरम लापर्वाहीका कारण ग्राहकलाई सास्ती हुने गरेको छ् ।  ग्राहक नं ००५-०३-५०२ रहेको केराबारी स्थित कृष्ण क्रसिङ उधोग प्रा लीले एक वर्ष भन्दा बढीको बिल तिर्न नेपाल विधुत प्राधिकरण बेलबारी वितरण केन्द्रले पत्र काटेपछी रकममा प्राविधिक लापर्वाही भएको हुन सक्ने भन्दै सेवाग्राही सोमबार कार्यालय जादा कार्यालय प्रमुख विनोद यादव झर्केको गुनासो गरेका छन ।

सेवाग्राहीसग आफुले तिरेको बिलको रसिद हुँदा हुँदै पनि विधुत प्राधिकरणले एक वर्ष अघी हिसाब मिलान गर्न आफु सग भएको सम्पूर्ण कागजातहरु सहित कार्यालयमा ०७ दिन भित्र उपस्थित भईदिनु हुन अनुरोध गर्दै रु ७७ लाख ३२ हजार ८७२ ( जरिवाना बाहेक )तिर्नु पर्ने भन्दै पत्र काटेको थियो । तर पत्र काटेकै दिन देखी पटक पटक सेवाग्राही विधुत कार्यालय धाउदा पनि हिसाब मिलान गर्न कर्माचारीले भोली भोली भन्दै समय लम्ब्याउन थालेको खरेलले बताए ।

उनले आफु कार्यालय प्रमुख भए ठाउँ समस्या लिएर जादा उल्टै मिडियामा किन दिएको के गर्न खोज्या भन्दै झर्किएको खरेल बताउछन ।

यता कार्यालय प्रमुख विनोद यादव भने प्राविधिक समस्या भएको कारण कम्युटर बिलिङमा यस्तो भएको तर उहाले उक्त रकम तिर्नु नपर्ने बताउछन । उनले उहा मात्र हैन अन्य व्यक्तिहरुको समेत यस्तो सम्स्या भएको कारण एकै पटक सबैको मुचुल्का बनाएर यो समस्या साधान गरिने बताउछन ।

तपाईको प्रतिक्रिया