कालिकोट / कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरि बम विष्फोट भएको छ । विप्लप समुहका कार्यकर्ताले बम विष्फोट गरेको प्रहरीले जनाएको छ ।

घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । बम विष्फोटमा मानवीय क्षति भएको भने नभएकाे प्रहरीले जानकारी दिएकाे छ

तपाईको प्रतिक्रिया