विराटनगर / अरक्षण बचाउ आन्दोलन गरिहेको नेपाल आदिवासी जनजाति महासंघले बुधबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएको छ ।

चरणवद्ध आन्दोलन गर्दै आएको संघले २ घण्टा धर्ना दिएको हो । आफ्नो जातिय पोशाकमा उपस्थित भएका आदिवासी जनजातिले विराटनगरको रोड शेष चोकदेखि मुख्यमन्त्री कार्यालयसम्म ¥याली गरेका थिए ।

धर्नामा आदिवासीको रुपमा पहिचान गरिएको विभिन्न जातजातिको सहभागिता रहेको थियो । धर्नामा जातिय संगठनका नेता तथा अगुवाहरुले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया