नेपालीहरुमा ग्यास्ट्रिकको समस्या अत्यधिक देखिन्छ। हाम्रो जीवनशैलीमा निश्चित समय तालिका नहुँदा पनि यो रोगका बिरामीहरु बढिरहेका छन्। ग्यास्ट्रिकका बिरामीले खानुपर्ने ६ खानेकुरा यस्ता छन्।

१. कागती पानी – पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ।

२. कार्बोहाइड्रेट कम खाने – पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ।

३. दूध नपिउने – ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ। यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ।

४. प्रशस्त पानी पिउने – लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ। तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास बढाउँछ।

५. लसुन पानी – बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।

६. खाना समयमा खाने – ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।

तपाईको प्रतिक्रिया