१. लसुन :लसुनमा पाइने सल्फरले डण्डिफोरलाई चाँडो निको पार्न मद्धत गर्छ । लसुनको पोटीलाई दुईपिस गरी त्यसलाई डण्डिफोरमा लगाउनुस करीब ५ मिनेट पछि सफा मनतातो पानीले छाला सफा राख्नुस ।यो प्रक्रिया हरेक दिन ३-४ पटक दोहोरयाउनु चाँडो ठिक हुन्छ । लसुन हरेक दिन एक पोटी खाने गर्नाले तपाईँको रगत सफा गर्न मद्धत गर्छ ।

२.मह :महमा हुने प्राकृतिक एन्टीव्याक्टेरियल विशेषताले छालाको संक्रमण हुन नदिनुको साथै संक्रमण निको गर्न मद्धत गर्छ । सफा कपडालाई महमा डुवाएर संक्रमित छालालाई छोपेर राख्नुस र करीब आधा घण्टा मनतातो पानीले छाला सफा गर्नुस ।यो प्रक्रिया हरेक दिन २ ३ पटक गर्नुस । त्यस्तै दालचिनी र महलाई मिसाई लेप बनाएर छालामा लगाउने गर्नाले पनि डण्डिफोर चाँडो निको हुन्छ ।३. काँक्रो :काँक्रोमा पाइने भिटामिन ए सी र इ तथा यसको चिसो बनाउने विशेषताले छालाको लागि एकदमै फाइदा जनक छ । काँक्रोको सानो सानो टुक्रा बनाई त्यसलाई सफा पानीमा भिजाउनुस ।यसो गर्दा यसमा भएको भिटामिन ए, पोटासियम र क्लोरोफिल पानीमा जान्छ । यो पानी पिउनुस अथवा छालामा लगाउनुस । अथवा काँक्रोलाई पिधेर पेष्ट बनाई त्यसलाई छालामा लगाउनुस ।करीब १५ मिनेटपछि मनतातो पानीले छाला सफा गर्नुस । यसले छालामा हुने फोहोर तेल र किटाणु हटाउछ ।

४. मेवा :मेवामा हुने भिटामिन ए , इन्जाइम तथा यसको जलन कम गर्ने र छाला मुलायम बनाउने विशेषता ले गर्दा यसलाई छालारोग उपचारको लागि प्रयोग गर्न सकिन्छ ।मेवा पिधेर त्यसको जुस छालामा डण्डिफोरमा लगाएर १५२० मिनेट छाडिदिनुस र त्यसपछि सफा मनतातो पानीले सफा गर्नुस अथवा मह र मेवा मिसाई लेप बनाउनुस त्यसलाई छालामा लगाउनुस र सुक्नन दिनुस ।सुकेपछि मनतातो पानीले सफा गर्नुुस तपाईँको छालामा निस्केका विविरा तथा डण्डिफोर हराएर जान्छ ।

५. बरफ :रफलाई कपडाले छोपेर डण्डिफोर भएको ठाँउमा केही सेकेण्ड राख्नुस अनि झिक्नुस । फेरी राख्नुस अनि फेरी झिक्नुस । यो प्रक्रिया केही समय दोहोर्याई रहनुस ।यसो गर्दा डण्डिफोरमा देखिने रातोपना, फुलाई तथा दुखाई कम हुन्छ । त्यतिमात्रै होइन यो प्रक्रियाले संक्रमित छालामा रक्तसञ्चार राम्रो भई छालाको प्वालबाट फोहर तथा तेल बाहिर निकाल्न मद्धत समेत गर्छ ।

६. कागती :कागतीको प्रयोगले डण्डिफोरलाई सुकाउन मद्धत गर्छ । तर यसका लागि ताजा कागती चाहिन्छ । बोतलमा राखिएको कागतीको बासी रसले काम गर्दैन ।किनकी बासी रसमा अरु पनि रसायन हुने भएकोले यसले थप उल्टो असर गर्न सक्छ । त्यसकारण तपाईँ ताजा कागती लिनुस राती सुत्नु अघि सफा कपडाले कागतीको रसमा डुबाएर डण्डिफोर भएको छालामा लगाउनुस र अर्को दिन विहान सफा पानीले छाला सफा गर्नुस ।यसले तपाईँको अनुहारमा देखिएका डण्डिफोरहरु छिटो निको हुन मद्धत गर्छ ।

6 . टूथपेस्ट :टूथपेस्टलाई पनि डण्डिफोर हटाउन प्रयोग गर्न सकिन्छ । तपाईँलाई हामीले माथिनै सिकाएको बरफको उपाय पछि यो उपाय प्रयोग गर्नुभयो भने अझ प्रभावकारी हुन्छ ।टूथपेष्टलाई राती सुत्ने बेलामा डण्डिफोरमा लगाउनुस र विहान सफा पानीले मुख धुनुस । तपाईँको डण्डिफोर सुन्निने अवस्थामा कम हुनेछ । यसलाई दिउसो पनि प्रयोग गर्न सकिन्छ । तर याद गर्नुस टूथपेष्ट कम्तिमा आधा घण्टा तपाईँको डण्डिफोरमा रहनै पर्छ ।

८. पानीको बाफ :बाफ छालाको उपचारको लागि एकदम प्रभावकारी मानिन्छ । यसले छालाको प्वालहरु खोल्छ र यसमा जम्मा भएको तेल, फोहर किटाणुहरु हटाउछ ।ठूलो भाडामा तातो पानी राख्नुस र १०-१५ मिनेटसम्म बाफ तपाईँको डण्डिफोर संक्रमित छालामा पर्न दिनुस । त्यसपछि तातो पानीले सफा गरी छाला सुख्न दिनसु अनि तेलरहीत मोस्चराइजर प्रयोग गर्नुस ।

९. गोलभेडाको जुस: गोलभेडामा पोटासियम,भिटामिन सी र लाइकोपिन पर्यप्ता मात्रमा हुन्छ । गोलभेडाको जुस लेपन गरिसके पछी करिब २० मिनेट पछी सफा पानीले पखाल्नु पर्छ।यसको प्रयोगले अनुहारको छालालाइ सफा गर्नुका साथै नियमित प्रयोगले चायाँ हटाउनमा मदत गर्दछ । घरेलू सामग्रीको प्रयोगले छालाको बाहिरि सतहमा भएको फोहोर हटाइ अनुहारको सुन्दरतालाई बढाउछ ।चायाँ हटाउन सुर्यको किरणबाट बच्नु पर्दछ । घाममा निस्किदा सनस्क्रिन र लोसन लगाउनु उपयुक्त हुन्छ । त्यसैगरी पानी प्रशस्त पिउने,ताजा तरकारी,फलफुल खाने गर्नु अनुहारकाे छालाका लागी लाभदायक हुन्छ ।

तपाईको प्रतिक्रिया