शरीरलाई स्वास्थ्य राख्नका लागि फलफूल खानु लाभदायक हुन्छ । अनारमा अन्य फलफूलमा भन्दा पनि लाभदायक तत्वहरु छन् । किनकी अनारमा भिटामिन ए,सी, इ र अन्य भिटामिनहरु पाइन्छ ।

अनार खानुको फाइदा यस्ता छन्

हरेक दिन अनारको जूस खानाले रक्तसंचार प्रवाहमा मद्दत पुर्‍याउछ ।

अनारले स्तन क्यान्सर हुने सम्भावना कम गर्छ ।

नियमित अनार खानाले हार्टअट्याक हुने खतराबाट जोगिन सकिन्छ ।

अनारले आइरन कमी हुन दिदैन र एनिमियाबाट बचाउँछ ।

अनारले प्रोस्टेट क्यान्सर हुने खतराबाट बचाउँछ ।

अनारको नियमित प्रयोगले पाचन प्रणालीमा हुने समस्याको पनि समाधान गर्न सहयोग गर्छ ।

नियमित अनार खादा अनुहार र शरीरको छालालाई स्वास्थ्य र चम्किलो बनाउँछ ।

अनारले दाँत सम्बन्धी समस्याबाट बचाउछ ।

गर्भवती महिलाले अनार सेवन गरेमा उनको गर्भमा रहेको शिशू पनि स्वास्थ्य रहन्छ ।

वृद्धवृद्धाहरुले अनार खादा अल्जाइमर अर्थात विर्सने रोगबाट बच्न सकिन्छ ।

लामो आयु र क्रियाशील जीवनयापनका लागि नियमित रुपमा अनारको जुस सेवन गर्नु उपयुक्त हुन्छ

तपाईको प्रतिक्रिया