ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । वल्र्ड ओमिटरको अनुसार त्यहाँ संक्रमित १० लाख ३८ हजार नाघ्दा मृतकको संख्या ४९ हजार कटेको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ५४ हजारभन्दा बढी संक्रमित थपिएको जनाइएको छ । यही गतिमा ब्राजिलमा संक्रमितको संख्या बढेमा अमेरिका भन्दा अगाडि हुने अनुमान गर्न थालिएको छ । विश्वमा ४ लाख ६२ हजारभन्दा बढी मानिस कोरोनाका कारण ज्यान गएको छन् ।

  सबैभन्दा बढी अमेरिकामा १ लाख २१ हजार बढीको मृत्यु भएको छ । विश्वभर संक्रमितको संख्या साढे ८७ लाख कटेको छ । अमेरिकामा मात्र करिब २३ लाख मानिस संक्रमित रहेका छन् । तेस्रो स्थानमा रहेका रुसमा ५ लाख ६९ हजार बढी संक्रमित छन् । त्यहाँ मृतक भने ७ हजार ८ सय ४१ रहेका छ । संक्रमितको दृष्टिले भारत चौथो स्थानमा रहेको छ । त्यहाँ संक्रमित ३ लाख ९५ हजार ८ सय १२ र मृतक करिब १३ हजार पुगेका छन् । बेलायतमा ३ लाखभन्दा बढी संक्रमित र मृतक साढे ४२ हजार पुगेका छन् । स्पेनमा संक्रमित २ लाख ९२ हजार र मृतक २८ हजार नाघेका छन् । पेरुमा संक्रमित करिव २ लाख ४८ हजार र मृतक ७ हजार ६ सय नाघेका छन् । इटालीमा २ लाख ३८ हजार बढी संक्रमित र मृतक साढे ३४ हजार पुगेको छ । संक्रमित संख्याको दृष्टिले १३ औँ स्थानमा रहेको मेक्सिकोमा २० हजार मानिसको मृत्यु भएको छ । त्यस्तै १५ औँ स्थानको फ्रान्समा साढे २९ हजार व्यक्तिको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया