सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको कोशी गाउँपालिकामा रहेको क्वारेन्टाईनमा बसेका २ जना महिलामा  कोरोना पुष्टि भएको हो ।

कोशी गाउँपालिकाका अनुसार भारतबाट आएर क्वारेन्टाईनमा बसेका दुई युवामा पिसिआर टेष्ट गर्दा कोरोना पुष्टि भएको हो । यो सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ६४ जना पुगेका छन ।

अहिले सम्म २७ जना कोरोना संक्रमित निको भईसकेका छन भने ७२ जना सुनसरीबासी आईसुलेसनमा रहेका छन । सुनसरीमा ५०६ जना क्वारेन्टाईनमा छन ।

तपाईको प्रतिक्रिया