पछिल्लो २४ घन्टामा ३३१ जना नयाँ संक्रमित थपिएको छ । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या आठ हजार ६०५ पुगेको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
जसमा ४९ महिला र २८२ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका हुन् । त्यसै गरी जम्मा संक्रमितमध्ये ७५६ महिला र पुरुष ७ हजार ८४९ रहेका छन्।
पछिल्लो २४ घन्टामा कोरोनामुक्त भइ अस्पतालबाट १७६ जना ‘डिस्चार्ज’ भएका छन् । जसमा महिला १८ जना र पुरुष १५८ जना छन् ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १,५७८ पुगेको छ । जसमा महिला १४१ जना र पुरुष १,४३७ जना रहेका उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया