पाल्पामा आज थप १ सय २१ जनामा कोरोना सक्रमण देखिएको छ । भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको क्रममा २८ जना गरी १ सय २१ जनामा कोरोना सक्रमण देखिएको हो ।

सक्रमण देखिएका १ सय २१ जनामध्ये निस्दी गाउँपालिकामा ८७ पुरुष र ६ जना महिला गरी ९३ जना, रम्भा पूर्वखोला गाउँपालिकामा १८ जना, रम्भा गाउँपालिकामा ६ जना, तानसेन नगरपालिकामा ३ जना र तिनाउँ गाउँपालिकामा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।

योसँगै पाल्पामा सक्रमितको संख्या ३ सय ६९ पुगेको छ । पाल्पामा सक्रमित बढेसँगै गाउँपालिकाहरुलाई आइसोलेसन व्यवस्थापनमा समस्या भएको छ । रैनादेवी छहरा, पूर्वखोला र निस्दी गाउँपालिकाले आइसोलेसनको अभावमा संक्रमितहरुलाई क्वारेन्टाइनमै व्यवस्था गरेका छन् ।

गाउँगाउँमा पहिरो गएकाले सक्रमितहरुलाई तानसेनको आइसोलेसनमा ल्याउन नसकेको रैनादेवी छहरा गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया