विराटनगर महेन्द्र चौकमा रहेको म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन ।

बुधबार बिहान करिब ५ बजे वियरकाे बाेतलमा पेट्राेल हालेर आक्रमण गरेकाे आराेपमा २ जना पक्राउ परेका हुन् ।

घटनामा संलग्न भएकाे आराेपमा विराटनरगर ११ का मेलिस लामा र सन्तबहादुर तामाङलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रहरी उपरिक्षक सन्ताेष खड्काले जानकारी दिए ।

अस्पताल प्रशासनले बुधबार विहान पेट्राेल बम प्रहार भएकाे बताउँदै आएकाे छ । तर प्रहरीले भने पेट्राेल बम प्रहार नभएकाे बताएकाे छ । मदिरा सेवन गरेकाे समुहले वियरकाे बाेतल अस्पतालमा प्रहार गरेकाे प्रहरी उपरिक्षक खड्काले बताए ।

अस्पताल प्रशासनका अनुसार बिहान विष्फाेट भएकाे जस्ताे ठूलाे आवाज आएकाे थियाे । घटनामा कुनै मानवीय र भौतिक क्षति भएकाे छैन ।

बाेतल प्रहार गर्नु अघि २ जनाले अस्पतालमा कार्यरत सुरक्षा गार्ड पेसल बस्नेतमाथि कुटपिट गरेका थिए ।

म्याक्स अस्पतालका प्रबन्ध निर्देशक हेमनारायण मेहताले अस्पताल पछाडि रहेको बाटो छेवैको गेटबाट विष्फाेटक पदार्थ प्रहार भएको बताए । koshi online

तपाईको प्रतिक्रिया