सुनसरीको इटहरी जनता क्वारेन्टाईनमा बसेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनता क्याम्पसको क्वारेन्टाईनमा बस्दै आएकाहरुको पिसिआर टेष्ट गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको इटहरी अस्पतालका रामकुमार धमलाले बताए ।

यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या ६ जना पुगेको छ । यो सँगै सुनसरीको कोरोना संक्रमितको संख्या ९२ जना पुगेको छ । सङ्क्रमित ३ जना पुरुष रहेको र उनीहरू तीन जना कतार, साउदी र कुवेतबाट आएर क्वारेनटाइनमा बसेका थिए ।

तपाईको प्रतिक्रिया