नेपालमा उत्पादन हुने औषधिहरू विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ ।

कोभिड–१९ का बीच अत्यावश्यक मानिएको मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक मेडिकल सामाग्रीहरु नेपालमै उत्पादन हुँदाहुँदै सरकारले विदेशी उत्पादनलाई प्राथमिकता दिएर स्वदेशी उत्पादन र उद्योगको उपेक्षा गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

बुधबार औषधि व्यवस्था विभाग अगाडि संघले धर्ना दिएको छ । आफ्ना मागहरू पूरा नभए आन्दोलन थप कडा पार्ने व्यवसायीहरुले बताएका छन् । उनीहरुले स्वदेशी कम्पनीलाई राज्यले उपेक्षा गर्न नहुने धारणा पनि राखेका थिए ।

मास्क, पीपीई, कस्मेटिक, खाद्य परिपूरक लगायतका सामग्री नेपालमै उत्पादन हुनसक्ने भएतापनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेको संघको भनाइ छ।

तपाईको प्रतिक्रिया