नेपालमा उत्पादन हुने औषधीहरु विदेशबाट ल्याउन बन्द गर्नुपर्ने माग गर्दै धर्ना दिदै आएका नेपाल औषधी उत्पादक संघले आन्दोलनका ७ बुँदे माग सार्वजनिक गरेका छन् ।

नेपाल औषधी उत्पादक संघले बिहिबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न ७ बुँदे माग सार्वजनिक गरेका हुन । उनीहरुले स्यानिटाइजरमा नेपाली औषधी उद्योग आत्मनिभर भइसकेकोले बिना दर्ता र गुणस्तर परिक्षण विक्रि गर्न नदिने निर्णय फिर्ता गर्नुपर्ने माग गरेकाछन् ।

त्यस्तै संघले २०७४ जेठ १७ गते अर्थ, उद्योग, वाणिज्य, स्वास्थ्य तथा स्वतन्त्र अर्थविद सहितको विज्ञ समुहले दिएको प्रतिवेदनको आधारमा ३० वटा उत्पादनको कच्चा पदार्थ मात्र आयात गर्न दिने निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेको छ । २०७४ जेठ १९ गतेको मन्त्री परिषदको निर्णयले स्वीकृत प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धि निर्देशिका २०७४ तत्काल कार्यान्वयन गर्नुपर्ने लगायत सात बुँदे माग गरेको संघका महासचिव विप्लव अधिकारीले जानकारी दिनुभयो ।

संघको उक्त आन्दोलनमा नेपाल आयुर्बेदिक औषधी उत्पादक संघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, औषधी थोक व्यवसायी संघ, निर्यात व्यवसायी महासंघ, औषधी थोक व्यवसायी संघ लगायत विभिन्न संघसंस्थाले एक्यबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया