शनिबार थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ५७ जनामा कोरोना देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार अनुसार बिपी कोराईराला धरानमा ४ जना, कोशी अस्पताल विराटनगरमा ७ जना , बिराटनगर प्रयोगशालामा २ जना, नारायणी अस्पताल पर्सामा १ जना, टेकु अस्पतालमा ३ जना, पोखरा प्रादेशीक अस्पतालमा २ जना, रुपन्देहीमा ४ जना, सुर्खेतमा १ जना, दैलेखमा ४ जना , चौजहारीमा ४ जना डडेलधुरमा ११ जना र सेती अस्पतालमा गरिएको परिक्षणमा १४ जना संक्रमित भेटिएका हुन् । बिगत २४ घण्टामा १०२ जना संक्रमित डिष्चार्ज भएका छन् भने अहिलेसम्म ११ हजार ६३७ संक्रमित डिष्चार्ज भएको प्रवक्ता गौतमले बताउनुभयो ।
त्यस्तै हाल ५८२५ जना आइशोलेशनमा र २३, २७५ क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै बिगत २४ घण्टामा ३ हजार ३३१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया